दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण वर्ष को राष्ट्रिय शुभारम्भ

#omshanti #spritual#rajyog

My गण्डकी
My गण्डकी २८ जेष्ठ २०७९, शनिबार
1 Min Read
Aa

दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण वर्ष २०७९ को राष्ट्रिय शुभारम्भ भएको छ । भृकुटिमण्डप काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरि आध्यात्मिक सशक्तिकरण वर्षको सुभारम्भ गरीएको हो । व्रम्हाकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौ, नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रमको शभापतित्व राजयोग सेवा केन्द्रका काठमाण्डौ नेपालका निर्देशक व्रम्हाकुमारी राजदीदीले गर्नुभएको थियो । प्रमुख आतिथ्यता महीला वालवालीका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रुपमा प्रजापिता व्रम्हाकुमारी इश्वरिय विश्वविधालय राजस्थान माउण्ट आवु भारत वाट व्रम्हाकुमारी शारदा दीदीको उपस्थिति रहेको थियो । कार्यक्रममा पन्ध्र वर्ष भन्दा माथि निरन्तर सेवाकेन्द्रमा जोडिएका करीव छ सय सदस्यहरुलाइ सम्मान पनि गरिएको थियो । जसअन्तर्गत जिरी उपसेवा केन्द्रका दिपक वस्नेत ,इन्दीरा वस्नेत, सुमीत्रा वस्नेत,डम्वर वस्नेत,पुजा जिरेल,लीलामाया कार्कि र शर्मा श्रेष्ठ सम्मानित भएका हुन । हत्या हिंसा युद्ध आतंक लगाएत सामाजीक विकृतिहरुको अन्त्य गरि सभ्य नैतिक र चरित्रवान समाज निर्माण र विश्व शान्ति तथा सद्भावको लागि अग्रणि भुमिका निर्वाह गर्न यो आध्यात्मिक सशक्तिकरण वर्ष प्रभावकारी हुने जिरी उपसेवा केन्द्रका नियमीत प्रशिक्षार्थिको रुपमा सम्मानित दिपक कुमार वस्नेतले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्